जनकपुरधाम । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ ।
नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्ने गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित रेल्वे लिकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ ।
ट्रेन बिहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।