१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले न्युजिल्यान्डविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने

अ+ अ-

काठमाडौँ । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। मुम्बईस्थित वानखडे मैदानमा कप्तान रोहित शर्माले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल केहीबेरपछि सुरु हुँदै छ।

भारतीय टिम आठौँ पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्न लाग्दा न्युजिल्यान्डले भने नवौं पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको हो। दुवै टोली प्रतियोगितामा लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। भारतीय खेलाडीहरू लगातार दोस्रो पटक न्युजिल्यान्डको हातबाट हार चाहन्नन्। त्यसैले घरेलु मैदानमा जितको कामना गर्न मैदानमा उत्रिएका छन्।

यसअघि २०१९ को म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो। यो पटकको विश्वकपमा भारतले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। टोलीले हरेक क्षेत्रमा आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ। भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा सबै दाबेदारलाई समूह चरणमा फराकिलो अन्तरले हराएको थियो। न्युजिल्यान्डले भने समूह चरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

हेड टु हेडमा न्युजिल्यान्ड बलियो

एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो रहेको छ। प्रतियोगितामा दुई टिमबीच कुल १० खेल भएका छन्। जसमा ५ खेलमा न्युजिल्यान्ड र ४ खेलमा भारत विजयी भएका छन्।

२०१९ मा भएको एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। दुई टिम पछिल्लो पटक यसै विश्वकपको समूह चरणमा भिडेका थिए। धर्मशालामा भएको खेलमा भारतले ४ विकेटको जित हासिल गरेको थियो। समग्रमा भारत र न्युजिल्यान्डबीच कुल १ सय १७ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ५९ र न्युजिल्यान्डले ५० खेलमा जित निकालेका छन्। ७ खेल नतिजाविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस