७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झोलुङ्गे पुलका सामान चोरी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् ।

पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् ।

गत वर्षको भदौमा नदीमा आएको बाढीले रु तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो ।

नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ । पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताए ।

“दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्”, उनले भने, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।”

“पुलका सामान चोरी हुन थालेकाले जोगाउनका लागि पहल गर्नका लागि नगरप्रमुखसँग सम्पर्क गरी कुरा राख्दा वडा कार्यालयलाई देखाउने गरेका छन्”, स्थानीय रति रानाले भने- “आधा सामान चोरी भइसकेका छन् ।” वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताए ।

“वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ”, उनले भने, “पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुनसकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन ।” उनका अनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ । पुलका सामान खोल्न रु. तीन लाख रकम लाग्ने रानाले बताए । पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठे पुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन् । अस्थायी काठे पुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस