६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन विकासको अनन्त स्रोत हो सगरमाथा क्षेत्र’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको नेपाली पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान रहेको भन्दै सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाइबारे व्यवस्थित कार्यविधि बनाउन आफू लाग्ने उनले बताएका छन् ।

आज शनिबार बिहान कालापत्थरमा दीप प्रज्वलन गरी हस्तान्तरणसँगै राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा सहभागी हुन खुम्बु पासाङ ल्यामु गाउँपालिका पुगेका उनले सगरमाथाको सुरक्षा र स्वच्छताको लागि अझ व्यवस्थित कार्यविधि निर्माणमा ध्यान दिने आश्वासन दिए ।

उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले यो क्षेत्रमा तपाइँहरुसँग यो कार्यक्रम गरिसकेपछि काठमाडौं पुगेपछि खुम्बु क्षेत्रको विकासको निम्ति कसरी योजना बनाउने र यहाँको पर्यटनलाई अझ व्यवस्थित बनाउन सगरमाथाको सुरक्षासँगै सफाई पनि व्यवस्थित बनाउन कार्यविधि कसरी बजाउने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने विश्वास म तपाइँहरुलाई दिलाउन चाहन्छु ।’

‘खुम्बु क्षेत्रले नेपालको प्रतिष्ठाको निम्ति विश्वव्यापी रूपमा जुन महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालको पर्यटन विकासमा पनि यो एउटा कहिल्यै नटुङ्गिने हामीसँग भएको अनन्त स्रोत हो सगरमाथा’ दाहालले भने । कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले दाहाललाई तीन बुँदे ज्ञापन पत्र बुझाए ।

उक्त पत्रमा खुम्बु क्षेत्रमा यातायातको सहज पहुँचको लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्रयाक खोलेको जानकारी गराउँदै सगरमाथा क्षेत्र जोड्ने चतरादेखि लुक्लासम्मको उक्त सडकको स्तर उन्नति योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनिय गर्न स्थानीयले माग गरेका छन् ।

साथै जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति पाउनुपर्ने विषयलाई नजिकिँदै गरेको कोप २८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउनुपर्ने तथा उच्च हिमाली भूभागमा महँगो ढुवानीको कारण खाना पकाउने इन्धनमा महँगीको मार खुम्बुवासीले वर्षौँदेखि खेप्दै आएकोले खुम्बु गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । जवाफमा दाहालले आफू खुम्बुको समग्र विकासमा सँगै खुम्बुवासीको साथमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस