काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।
भारतले दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई गुमाएको हो। कप्तान रोहित ३१ बलमा ४७ रन बनाएर आउट भएका हुन्।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले उनलाई क्याचआउट गराएका हुन्। रोहितले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे। भारतको स्कोर १० ओभरमा दुई विकेट गुमाएर ८० रन रहेको छ।
भारतले पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाएको थियो।