काठमाडौँ । आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौ पटक अस्ट्रेलियाले विश्ककप क्रिकेटको उपाधी जितेको छ ।
जितको लागि २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।अस्ट्रेलियालाई उपाधि दिलाउन ट्रैविस हेडले १३७ रन तथा मार्नस लाबुशेनले ५८ रन बनाए।
भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए । यस अघि भारतले टस हारेर पहिला व्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतका लागि के एल राहुलले ६६ रन ,विराट कोहलीले ५४ रन, कप्तान रोहित शर्मा ४७ रन बनाए।
बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट , जॉश हेज़लवुड र पैट कमिंसले दुई दुई विकेट लिए । त्यसैगरी ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पाले एक एक विकेट लिए।भारतले जारी खेलमा यस अघिका १० खेल जिते पनि फाईनल खेल हार्दा उपाधि गुमाउन पुग्यो । भारतले लिग खेलमा अस्ट्रेलियालाई हराएपनि फाइनलमा हराउन नसक्दा उपाधि गुमाउन पुगेको हो।