९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

अ+ अ-

काठमाडौँ । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ ।

हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।

व्रत नबसेकाहरूले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको मुख्य पर्व हो ।

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाडौँ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस