७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा बेपत्ता विपिन जोशीबारे डेढ महिनाअघिको फुटेजले जगाएको आशा

अ+ अ-

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे विभिन्न सूचनाहरू बाहिरिएका छन् । 

परराष्ट्र मन्त्रालयका अधिकारीले जोशी गाजा क्षेत्रमा रहेको पुष्टि भएको बताएका थिए भने इजरायलस्थित नेपाली दूतावासले उनको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको जानकारी दिएको थियो । दुई निकायका फरक सूचनाले उनको अवस्थाबारे अन्यौलता बढाएको हो । 

अक्टोबर ७ मा हमासको आक्रमणपछि बेपता भीमदत्त नगरपालिका–३, कञ्चनपुरका जोशीको अवस्था के हो भन्ने बारेमा नेपाली राजदूतावास, तेल अबिव, इजरायलका प्रथम सचिव एवं प्रवक्ता अर्जुन घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश ।

विपिन जोशीबारे फरक–फरक सूचना बाहिरिएका छन्, अहिले उहाँको अवस्था के हो ? 

हामीले सोमबार जारी गरेको विज्ञप्तिमा लेखेका छौँ, पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन, हालसम्म पनि सम्पकैविहीन नै रहेकाले खोजी कार्य जारी छ । 

आजसम्म अनिश्चय थियो । कहाँ कुन अवस्थामा हुनुहुन्छ ? केही पनि थाहा थिएन । गाजातिर बन्धक बनाएर लगेको हुन सक्ने आशङ्का थियो । अनुमान गरे पनि गाजा पुर्‍याएको भन्ने कुनै प्रमाण हामीसँग थिएन । अहिले विज्ञप्ति जारी गर्नु पर्नाको कारण भनेको गाजा पुर्‍याएको प्रमाण भेटियो । तर, ध्यान दिनुपर्ने कुरा के छ भने अहिले पनि उहाँको अवस्था अज्ञात नै छ ।

जोशीबारे के प्रमाण भेटिएको हो ?

इजरायल डिफेन्स फोर्सले कब्जा गर्दै जाँदा र अनुसन्धान गर्दै जाँदा भेटाएको भिडियो फुटेजमा जोशीलाई हमास समूहले बन्धक बनाएर लैजाँदै गरेको देखिएको छ । 

सीसीटिभिको उक्त फुटेज ७ अक्टोबर २०२३ बिहान ११ बजेको हो । यो भिडियामा देखिए अनुसार हामी यति भन्न सक्छौँ कि त्यो समयसम्म उहाँ हमासको कब्जामा हुनुहुन्थ्यो । आक्रमणबाट उहाँको क्षति भएको थिएन । तर, त्यसपछिको उहाँको अवस्था अज्ञात नै छ । आक्रमणपछि ४५ दिन विति सकेको छ । उहाँ अहिले पनि सम्पर्क विहीन हुनुहुन्छ । 

फुटेजले उहाँको खोजीमा मद्दत गर्छ ?

सीसीटिभि फुटेजमा उहाँलाई देख्नु भनेको पनि सकारात्मक कुरा हो । किनकि बन्धक बनाएकाहरूलाई पनि गाजा पुर्‍याएको थियो/थिएन भन्ने अन्योल थियो । तर, उहाँलाई गाजा पुर्‍याएको रहेछ भन्ने यो फुटेजले पुष्टि गर्दछ ।

आक्रमणका बेला जे पनि हुन सक्ने परिस्थिति थियो । सनाखत नभएका शवमा रहेको पनि हुन सक्ने तमाम आशङ्का थिए । तर, त्यो फुटेजले ती आशङ्का मेटाएको छ । आशा जगाएको छ । उहाँ सकुशल नै हुनुहुन्छ भन्ने लागेको छ ।

अहिले त्यहाँको समग्र अवस्था कस्तो छ ?

पहिलाको तुलनामा स्थिति सामान्य बनेको छ । दुई/तीन दिनमा एक/दुई पटक रकेट साइरनहरू बज्ने गरेका छन् । इजरायलको गाजासँग जोडिएको सीमा क्षेत्र र लेबनानसँग जोडिएको सीमा क्षेत्रमा केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस