१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयस्रोतको माध्यम बन्दै पुष्पखेती

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो ।

प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिए । “पुष्पखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।”

सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् । उनले भीमदत्त नगरपालिका-३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका थिए । यस वर्ष दसैँ तिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ छ ।

“यस वर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गत वर्ष माग पूर्ति गर्नै सकिएको थिएन”, उनले भने, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भए, त्यसैले सोचेअनुसार फूल बिक्री नभएको हो ।” उहाँका अनुसार चाडबाडको समयमा यस वर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र रु तीन सयसम्ममा उनेका फूलका माला बिक्री भएका छन् ।

फूलको मूल्य रु पाँच सय प्रतिकिलोग्राम र मालाको रु एक सय दर तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मकरूपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार झण्डै दुई सय जनाले चार हेक्टर क्षेत्रफलमा फूलखेती गरेका छन् ।

“एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूलखेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”

सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँ तिहार, विवाह, व्रतबन्ध, सभा–समारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस