१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र चलायमान बनाउनेबारे सरकार र निजी क्षेत्रबीचको छलफल जारी

अ+ अ-

काठमाडौँ । अर्थतन्त्रलाई गति दिन सरकारले छलफल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिहंदरवारमा विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र लगायतसँग मंगलबार छलफल गरेका हुन्।

प्रधानमन्त्री दाहालले निजी क्षेत्र, अर्थविद, अर्थ क्षेत्रका सरोकारवालसँग सिहंदरवारस्थित प्रधानमन्त्री कार्यालय छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ। सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्न केही दिनदेखि छलफल गरिरहेको छ। छलफलमा मन्त्रीहरू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित सत्ता गठबन्धन दलका नेताहरू पनि सहभागी छन्।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले पनि छलफलमा सहभागी छन्। प्रधानमन्त्री दाहालले सोमबार अर्थमन्त्री प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी लगायतसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्रीले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिएका छन्।

देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको उनको भनाइ छ।अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे प्रधानमन्त्रीले छलफल गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस