काठमाडौँ । न्याय परिषद्को बैठकले रिक्त उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जनालाई नियुक्त गरेको छ।
मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, पोखरामा माधव पोखरेल, विराटनगरमा रमेशप्रसाद राजभण्डारी, जनकपुरमा श्रीकान्त पौडेल, तुलसीपुरमा नित्यानन्द पाण्डे र दिपायलमा शान्ति सिंह थापालाई मुख्य न्यायाधीश बनाएको हो।
उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई सरुवा गरिएको छ।
