काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले काठमाडौँको तीनकुनेमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा सङ्घले काठमाडौँको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।
मशाल जुलुसमा सहभागीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै सरकारको विरोध गरेका थिए। सङ्घका उपाध्यक्ष कृष्णहरि केसी र अमित लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा युवाहरूले विभिन्न नारा लगाएका थिए ।



