काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौँले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।
आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।
लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकले नागरिकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन सक्नेछन् ।
आवेदन ३० दिनभित्र दिन सकिने लिमिटेडले जनाएको छ ।
हेर्नुस् सूचना:
