९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गहुँको उत्पादन बढाउन किसानलाई तालिम

अ+ अ-

दोधारा । कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । 

बेदकोट नगरपालिका र वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुई दिने गहुँ बाली उत्पादन तालिम सञ्चालन गरिएको हो । 

नगरपालिकाका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरताअन्तर्गत गहुँको उत्पादकत्व वृद्धि गर्न किसानलाई तालिमको आयोजना गरिएको बताए । “हामीले सात दिनको सूचना निकालेर नगरका २४ किसानलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अभियानअन्तर्गत सम्झौता गरेका छौँ”, उनले भने, “विशेष गरेर गहुँको उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिएको हो ।” 

बडुले तालिममा विषादी प्रयोग र झारपात व्यवस्थापनलगायत विषयमा किसानलाई जानकारी गराइएको बताए । गहुँ उत्पादन गर्न नगरपालिकाले कृषि औजार सहयोग गर्ने र उत्कृष्ट किसानलाई नगदसहित सम्मान गर्ने उनले जानकारी दिए ।  

नगरका २४ किसानलाई गहुँबालीको उत्पादन बढाउन र बालीको हेरचाह कसरी गर्नेलगायतका विषयमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिए । “गहुँको उत्पादनमा वृद्धि र प्राविधिक विषयमा किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको हो”, उनले भने, “तालिमपश्चात् किसानले गहुँ उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।” 

तालिममा सहभागी तारा डगौराले पालिकाले सिकाएको कुराको सदुपयोग गर्ने बताए । “तालिममा सिकेका कुरालाई परिवारका अन्य सदस्यलाई पनि सिकाउँछौँ र आफ्नो जमिनमा गहुँको उत्पादन बढाउन लाग्छौँ”, उनले भने, “तालिममा नयाँ प्रविधिबारे जानकारी पाउँदा काम गर्न सहज हुनेछ ।” बेदकोट नगरपालिकाले १० वटै वडालाई पकेट क्षेत्र निर्धारण गरेर कृषिलाई प्राथमिकतामा राखेको छ । 

प्रतिक्रिया दिनुहोस