७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

अ+ अ-

खोटाङ । इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।

“दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भए पनि त्यो समस्या समाधान भएको छ । शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य सुरु भएको छ”, उनले भने, “अब फोटोसहितको मतदाता नामावली सङ्कलन र इ-पासपोर्ट (राहदानी)को काम पनि सुरु गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।”

स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक जना तालिम प्राप्त कम्प्युटर प्राविधिक र इलाका प्रशासन कार्यालयले करारमा थप एक दर्ता सहायक नियुक्त गरेको अध्यक्ष मुक्तिले जानकारी दिए । कार्यालयमा सञ्चालन गरिएको उक्त दर्ता स्टेशनको प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईलगायतको उपस्थितिमा दर्ता स्टेशन स्थापना गरिएको थियो । स्थापनाको पहिलो दिन नै १० जना स्थानीयले सेवा लिएका छन् ।

खोटाङ बजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई-पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किए लगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोध पत्र लेख्ने प्रजिअ सुनारले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य बनाएपछि यसअघि दूर दराजका स्थानीय बासिन्दा दुई दिनसम्म लगाएर परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य थिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पतिपत्नीको नाम, बाजेको नामलगायतका व्यक्तिगत विवरणदेखि औँलाको छाप, आँखाको नानी, परिचयपत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायत विवरण समावेश गरिन्छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश गरिएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहु उपयोगी प्रमाणपत्र हो ।

प्रतिक्रिया दिनुहोस