९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदलाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक: मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छन् । 

शनिबार काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । विद्यालयदेखि नै पाठ्यक्रममा आयुर्वेदको प्रयोगलाई व्यवस्थित गर्ने गरी पठनपाठन जरुरी रहेको भन्दै उनले अध्ययन र अनुसन्धानलाई व्यापक बनाएर आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारको रुपमा स्थापित गर्न आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।

उनले भनिन्, ‘विद्यालयदेखि नै पाठ्यक्रममा राखेर आयुर्वेदको परिचय मात्र होइन यसको प्रयोगलाई पनि व्यवस्थित गर्ने गरी पठनपाठन जरुरी छ । यसको अध्ययन र अनुसन्धानलाई व्यापक बनाउँदै आयुर्वेद चिकित्सा सेवालाई मूलधारको स्वास्थ्य सेवाको रुपमा स्थापित गरिनुपर्छ ।’

उनले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीति निर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यान्वयनको सन्दर्भमा भने प्राविधिक जनशक्तिले योगदान गर्नुपर्ने उनको भनाई छ । 

उनले भनिन्, ‘यसलाई नेपाली सेवाको जीवनशैली बनाउन आवश्यक छ । आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीति निर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने हो । कार्यान्वयनको सन्दर्भमा प्राविधिक जनशक्तिले नै योगदान गर्नुपर्छ ।’ आयुर्वेदिक, युनानी, अकुपञ्चर र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति नेपाल सरकाले लिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस