७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादबाहेक अरू वादको भविष्य छैन : प्रदिप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् । उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरु कुनै वादको भविष्य नभएको दाबी गरे ।

शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषद्द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरू अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

उनले भने, ‘मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै छ । समय घर्किएको कारणले यसको सान्दर्भिकता सकियो भन्ने होइन । वैज्ञानिक विचारहरू कहिल्यै पनि पुराना हुँदैनन् । तिनीहरू आफैँमा इभोलुसन भएर कतिपय नयाँ चिजहरु थपिदै र आपसमा समृद्ध हुँदै जान्छन् ।’ आधुनिक विश्वमा देखा परेका समस्यालाई समाधान गर्न भोटे ताल्चा खोल्ने चाबी नै मार्क्सवादसँग भएको ज्ञवालीले बताए ।

‘मार्क्सवाद एउटा वैज्ञानिक सोच हो, त्यस कारण यो आज पनि उत्तिकै सान्दर्भिक छ । अहिलेका विश्वका समस्याहरूको समाधान गर्ने ढोकाको भोटे टाल्चा खोल्ने साँचो मार्क्सवादसँग छ’ उनले भने । उनले कार्ल माक्स बितेपछिको समयमा धेरै कुराहरू परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरुले श्रमिकमाथि झन् धेरै शोषण गरेको धारणा राखे ।

उनले भने, ‘हिजो एक ठाउँमा बसेर आन्दोलन गर्न पनि सजिलो थियो । आज ठूल्ठूला मजदुर आन्दोलनहरू किन भैरहेका छैनन् भन्ने कहिलेकाहीँ प्रश्न उठ्छ । हिजो एउटा कारखानामा हजार जनाले काम गर्थे, सङ्गठित हुन सजिलो थियो । अहिले अवस्था यस्तो छ कि श्रमिकले कस्का लागि किन काम गर्दै छु भन्ने समेत थाहा पाउँदैनन् । श्रम क्षेत्रमा यति धेरै डिसेन्ट्रलाइज्ड, सोफेस्टिकेटेड र कम्प्लेक्स बन्दै गएको छ कि त्यसले मजदुर आन्दोलनलाई नै चुनौती दिएरहेको छ । वास्तवमा शोषणको रुपहरु बदलिएको छ । हामीले यो पाटोमा ख्याल गर्नुपर्छ ।’

उनले श्रम बजारमा भइरहेको श्रम शोषणलाई मार्क्सवादको दृष्टिकोणबाट मिहिन रुपमा हेर्न जरुरी रहेको भन्दै समाजवादबाहेक अरु कुनै वादको भविष्य नभएको बताए । ‘श्रम क्षेत्रमा आइरहेको बदलावलाई हामीले मसिनो गरी हेर्न जरुरी छ। यसलाई मार्क्सको दृष्टिकोणबाट हेरेर त्यसले केके नयाँ प्रश्नहरू ल्यायो, त्यसको जवाफ कसरी खोज्ने ? श्रम बजारमा आउट सोर्सिङ गर्नेहरूलाई कहाँ सङ्गठित गर्ने ? उनीहरूका माग कोसँग राख्ने ? यसमा हामीले नयाँ ढङ्गबाट सोच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस