८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल

अ+ अ-

लुम्बिनी । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गरेका छन् ।

मर्चवारको कोटहीमाई-४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको आज उद्घाटन गर्दै मन्त्री भुसालले सरकार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न लागेको बताए । ‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ’, मन्त्री भुसालले भने, ‘कृषि सबैका लागि प्राथमिकताको विषय भएकाले अहिलेको सरकार कृषि उत्पादनमा वृद्धि गर्न चाहन्छ ।’

उनले कुनै पनि संरचना निर्माण गर्नुभन्दा त्यसको नियमित र व्यावहारिक सञ्चालन हुनु महत्त्वपूर्ण भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक भएको बताए । सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गरेको बताउँदै उनले भने, ‘जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ । मलको समस्या छैन ।’

उनले ‘प्रधानमन्त्री गहुँजोन’लाई सरकारले निरन्तरता दिइने बताए। ‘अब देशमा दक्ष र प्राविधिक जनशक्ति उत्पादन हुनेछन् । देशलाई यान्त्रीकरण तथा कृषि औद्योगीकरणतर्फ लग्दै हामीले हाम्रा कृषि उत्पादन पुनः भारतलाई बेच्न सक्षम हुनेछौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस