७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पा सेन्टरमा यौनधन्दा, नाबालिकालाई वेश्याबृत्तीमा लगाउने पक्राउ

अ+ अ-

काठमाडौँ । नाबालिकासहित ३ जना युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सङ्खुवासभाको चिचिला गाउँपालिका स्थायी घर भई काठमाडौँ बस्ने वर्ष ४३ को दिनेश पौडेललाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । काठमाडौँको रातो पुलस्थित ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’मा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार पौडेलले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पौडेलले काठमाडौँको रातो पुल र एअरपोर्ट नजिकै २ वटा स्पा सेन्टर खोलेको पाइएको छ । उक्त स्पाहरुमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीले जनाएको छ । पौडेलले स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई मसाजका साथै शारिरीक सम्पर्क राख्न दवाव दिने गरेका थिए ।

पुरुषहरूसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पटाइदिने भन्दै पौडेलले युवतीहरूलाई डर त्रासमा पार्ने गरेको प्रवक्ता पंगेनीले जानकारी दिए । 

युवतीहरूलाई जवर्जस्ती यौन व्यवसायमा लगाई स्पा सेन्टरका सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको प्रहरीले जनाएको छ । उद्धार भएका युवतीहरू मध्ये २ जना नाबालीका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस