८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हायर पर्चेज कम्पनीलाई जथाभाबी पेनाल ब्याज लिन राष्ट्र बैंकले लगायो अङ्कुश

अ+ अ-

काठमाडौँ । हायर पर्चेज कर्जा दिने कम्पनीले नामको पछाडि हायर पर्चेज कम्पनी अनिवार्य राख्नुपर्ने भएको छ । प्राइभेट लिमिटेड वा लिमिटेड कम्पनी जुनसुकै भएपनि हायर पर्चेज अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को चौथो संशोधन २०८० जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

यस्तै हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालकको शैक्षिक योग्यता समेत तोकेको छ । अब हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख हुन स्नातक गरेको हुनुपर्ने छ । साथै यस्ता कम्पनीले समेत ऋणीसँग अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ । २५ लाख रुपैयाँसम्मको कर्जामा भने प्यान अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ ।

हायर पर्चेज कम्पनीलाई राष्ट्र बैंकले जथाभाबी पेनाल ब्याज लिन रोक लगाएको छ । वार्षिक २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी मात्रै पेनाल ब्याज लिन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यस्तै पेनाल ब्याजमा ब्याज लिन नपाउने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकले हायर कम्पनीमा पनि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई नसकेको अवस्थामा सञ्चालकरप्रबन्ध सञ्चालकरकार्यकारी प्रमुख हुन रोक लगाएको छ ।

यस्तै टाट पल्टेको, भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको तथा कालोसूचीमा समावेश भएको र त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको व्यक्तिलाई सञ्चालक र कार्यकारी प्रमुख हुन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस