८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैठकमा कोरम पुर्‍याउन नसकेको संसदीय समिति सभापतिहरूको गुनासो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले बैठकमा गणपूरक संख्या नपुग्दा प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका छन् ।

संसदीय समितिका कामकारबाही र संसदमा विचाराधीन विधेयकका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सोमबार संसदीय समितिका सभापतिलाई छलफलमा बोलाएका थिए । सभापतिहरूले बैठकमा गणपूरक संख्या (कोरम) पुर्‍याउन समस्या भएको गुनासो गरेपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

सभामुखको सचिवालयका अनुसार अनुसार सभामुख घिमिरेले कोरम नपुग्ने समस्या कम गर्नुपर्ने भन्दै सांसदहरुले विधायिकी प्रक्रियामा भाग लिनुपर्ने बताए । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति  भानुभक्त जोशीले संसद बैठक भएको दिन र नभएको दिन पनि समितिको बैठक राख्न अप्ठ्यारो हुने गरेको बताए ।

सभापति जोशीले मेडिकल शिक्षाको विषयमा छलफल चलाउन खोज्दा माफियाको चंगुलमा परेको आक्षेप आएको गुनासो पनि गरे । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि कोरमकै समस्या देखाए । खतिवडा नेतृत्वको समितिमा राजनीतिक दलका शीर्ष नेताहरू पनि छन् । शीर्ष नेताहरू राजनीतिक गतिविधिमा व्यस्त हुने कारणले संसदीय समितिको बैठक राख्न आफूलाई समस्या भएको उनले गुनासो गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरू सदस्य छन् ।

संसद सचिवालयका अनुसार सोमबारको छलफलमा प्रतिनिधि सभाका ९ वटा समितिका सभापति उपस्थित थिए । सबैजसो समिति सभापतिले गणपूरक संख्या प्रमुख समस्याको रूपमा रहेको औँल्याएका थिए ।

कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदी भने विदेशमा रहेकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले आफू नेतृत्वको समिति बेरुजुसम्बन्धी छलफलमा केन्द्रित रहेको बताए । अन्य अनियमितताका केही विषयमाथि पनि समितिले आन्तरिक रूपमा छलफल गरिरहेको पोखरेलले बताए ।

सभापति पोखरेलले विदेश जानेहरूबाट नेपालको पुँजी पलायन भएको भन्दै त्यसलाई रोक्न कानुन बनाउनुपर्ने बताए ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपालको नदीजन्य पदार्थ भारतले सित्तैमा प्रयोग गरिरहेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । 

अर्थमन्त्रीले संसदीय समितिको बैठकलाई प्राथमिकतामा नराखेको पनि उनको गुनासो छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति राजकिशोर यादवले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीको पूर्व तयारी नपुगेको बताए । प्रधानमन्त्रीको विदेश भ्रमणमा आफू नेतृत्वको समितिको सहभागिताको सुनिश्चितता पनि आवश्यक रहेको उनको भनाइ छ ।

‘खासगरी प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी पुगेको देखिन्न । यसमा सुधार आवश्यक छ र प्रधानमन्त्रीको विदेश भ्रमणमा समिति पनि संलग्न हुने सुनिश्चितता भएको खण्डमा अझ राम्रो हुन्छ’, सभापति यादवले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस