७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ जना जुवाडे पक्राउ

अ+ अ-

काठमाडौँ । जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ पर्नेमा पोखरा-३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, वर्ष ४६ का राम केसी, पोखरा–६ बस्ने वर्ष ३६ का सञ्जीव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ छन् । यस्तै कास्की-१७ बिरौटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४० का जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी कास्की-१ कृष्ती बस्ने वर्ष ४८ का होमबहादुर रानाभाट, वर्ष ४० का टङ्कबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ, पोखरा-१० अम्मरसिंह बस्ने वर्ष ६३ का मीनबहादुर बरुवाल र पोखरा-३३ गैरागाउँ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस