९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि देउवाको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

रुपन्देही काँग्रेसको जिल्ला सम्मेलनका लागि मङ्गलवार काठमाडौँबाट गएका उनलाई एयरपोर्टबाट निस्किँदै गर्दा व्यवसायीले आफ्ना माग राख्न घेरेका थिए । २०७९ जेठ २ मा प्रधानमन्त्री रहेका देउवाले भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा व्यवसायीहरूले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन देउवासँग माग गरे । सङ्घले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था प्रभावित भएको जानकारी गराएका छन् । विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घको भनाई छ ।

७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको बताइएको छ । राष्ट्रिय ध्वजावाहकको उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्स आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडाइनुपर्ने नेवानीले पनि भैरहवा-मलेसिया मात्र नभई दिल्ली, कतारमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बुद्धिष्ट मुलुकहरूलाई पनि गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने सङ्घको माग गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने सङ्घको माग छ ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटेल तथा पर्यटन व्यवसायमा करिब ८० अर्बभन्दा बढी लगानी भइसकेको र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको व्यवसायीहरूले बताइरहेका छन् । उनीहरूका अनुसार यहाँ लगानी गरेको प्रतिफल केही आएको छैन भने बैङ्कले विभिन्न बहानामा भुक्तानीको ताकेता गरिरहेको छ ।

‘यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौँ’ ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस