१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशका १० स्थानमा लेखा कार्यालयको एकाइ खोल्ने निर्णय

अ+ अ-

मनहरी । बागमती प्रदेश सरकारले तीन वटा निकायको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको छ ।

बागमती प्रदेशको मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतको दुई, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाका अनुसार मन्त्रिपरिषद् बैठकले सरकार मातहतको संरचना थप गर्दै कर्मचारी दरबन्दी (सङ्गठन संरचना तथा व्यवस्थापन) स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारले प्रदेशका १३ जिल्लाका विभिन्न १० स्थानमा लेखा एकाइ कार्यालय गठन गर्दै दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामाले बताए ।

बैठकले आर्थिक मामिला मन्त्रालयअन्तर्गत ४४ दरबन्दीबाट तीन घटाएर ४१ कायम गरेको छ भने प्रदेश लेखा नियन्त्रण कार्यालयमा २० दरबन्दी कायम गरेको उनले बताए । सरकारले प्रदेश लेखा एकाइ कार्यालयमा ६५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाअन्तर्गत पाँच दरबन्दी थप गर्दै ४१ कायम गरेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयमा दुई दरबन्दी थप गर्दै १३ कायम गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले हालसम्म १४ निकायको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ भने सरकारले स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कर्मचारी दरबन्दी तयार गरी स्वीकृत गर्न बाँकी रहेको छ ।

बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि समाजमा रहेका असमानता र विभेद घटाउन नमूना वडा समाजवादी कार्यक्रम अघि सारेको थियो । गत आवदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्दै आएको उक्त नमूना वडा समाजवादी कार्यक्रम चालु आवमा कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको मन्त्री लामाले बताए । कार्यविधिका आधारमा प्रदेशका ११९ वटा स्थानीय तहका वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।

त्यस्तै बैठकले मन्त्रिपरिषद् सामाजिक विकास मन्त्रालयअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० स्वीकृत गरेको छ । बागमती प्रदेश बालबालिकासम्बन्धी नीति २०८० पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री लामाले बताए ।

प्रतिक्रिया दिनुहोस