७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा महामन्त्रीको प्रतिवेदन पारित, पार्टीको राजनीतिक कित्ता स्पष्ट

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । यो बैठकले पार्टीमाथि लाग्दै आएको ‘विचारहीनता’ को आरोपलाई चिर्दै आफ्नो राजनीतिक कित्ता स्पष्ट गरेको छ ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालले राजनीतिक तथा वैचारिक प्रतिवेदन पेश गरेका थिए । राति एक बजेसम्म र आज दिउँसोसम्म भएको छलफल पश्चात् महामन्त्रीको प्रतिवेदन पारित भएको बताइएको छ । महामन्त्रीपछि सभापति रवि लामिछानेले बेग्लै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

महामन्त्री ढकालको प्रतिवेदनले पार्टीको वैचारिक ध्रुव स्पष्ट गरेको छ । उनले आफ्नो प्रतिवेदनमा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टीका रूपमा परिभाषित गरेका छन् ।

‘पार्टीको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।

रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गरेको छ । सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा जनाइएको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रतिवेदनको प्रस्तावनामा उल्लेख छ ।

यसै प्रस्तावनाको सारतत्वभित्र रहेर रास्वपाले आफ्ना सबै नीति-नियमहरू तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस