भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ। प्रदेशमा निजी क्षेत्र आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो।
चालु आवभित्रै लगानी सम्मेलन आयोजना गर्ने गरी सरकारले वार्षिक कार्यक्रम तर्जुमा गरेको आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले बताए।
कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले योजना बनाएको बताउँदै मन्त्री सिंहले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने बताए।