काठमाडौँ। रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो ।
केही दिन अघि युक्रेन-रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी समिति बनाएको बताएको छ ।
समितिले कुवेत लगायतका देशमा भिजिट भिषामा गएर लेबर भिषामा परिवर्तन गर्ने घटना बढेकाले त्यसबारे पनि समितिले अध्ययन गर्ने जनाइएको छ । यसबारे समितिले अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्नेछ ।