४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट

अ+ अ-

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले अस्ट्रेलियाका दुवै संसद्‌का प्रमुखसँग भेट गरेको छ ।

नेपाली टोलीले अस्ट्रेलियास्थित सिनेटका अध्यक्ष सु-लाइन्स र संसद्‌का सभामुख मिल्टन डिकसँग क्यानबेरास्थित संसद् भवनमा भेट गरेको हो ।

अध्यक्ष तिमिल्सिना, अन्य प्रदेशका तीन सभामुख, चार उपसभामुख र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष सहितको टोली गत सोमबारदेखि अस्ट्रेलियाको भ्रमणमा छ । क्यानबेरास्थित नेपाली दूतवाासद्वारा जारी विज्ञप्तिमा टोलीले अस्ट्रेलियाली सिनेटका अध्यक्ष लाइन्स र संघीय संसद्‌का सभामुख मिल्टन डिकसँग उच्चस्तरीय भेटवार्ता गरेको जनाएको छ । भेटका क्रममा दुई देशको संसदीय पद्धतिबारे अनुभव आदानप्रदान गर्नुका साथै दुई देशबीच रहेको आपसी सम्बन्ध संसदीयस्तरमा अझ प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

सभामुख मिल्टनले हालै आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै दुई देशबीचमा उच्चस्तरीय भेटवार्ताले द्विदेशीय सम्बन्ध अझ प्रगाढ हुने बताएका थिए । अस्ट्रेलिया आएपछि नेपाली टोलीले न्यु साउथ वेल्स राज्यका सिनेट अध्यक्ष बेन फ्रयाङ्गलिन तथा तल्लो संसद्‌का सभामुख ग्रेग पाइपरसँग भेट गरेका थियो ।

यसैगरी टोलीले राजधानी अस्ट्रेलियन क्यापिटल टेरीटोरीका सभामुख जोय बर्कसँग समेत क्यानबेरामा भेटवार्ता गरेको थियो । भेटमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसमेत सहभागी थिए ।

उच्चस्तरीय औपचारिक भेटमा आएका उनीहरूले भिक्टोरिया राज्यमा समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस