७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्रुत बस सेवा ‘वानवे’, अर्थमै अड्कियो फाइल

अ+ अ-

काठमाडौँ । कमजोर व्यवस्थापनका कारण द्रुत बस सेवा सञ्चालन समस्यामा परेको छ । 

संविधान दिवसको दिन असोज ३ मा तामझामका साथ शुरु भएको द्रुत बस सेवा एक महिनामै बन्द भएको थियो । उचित व्यवस्थापन गर्न नसक्दा दशैंअघि नै बन्द भएको द्रुत बस सेवा फेरि ‘वानवे’ चलाउने गरी सञ्चालनमा आएको हो । 

यात्रुको चापलाई मध्यनजर गरी ‘वानवे’ मोडालिटीमा बस सञ्चालन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । बिहान उपत्यका छिर्नेको चाप धेरै हुन्छ भने बेलुका घर फर्कनेको चाप धेरै हुन्छ । बिहान सूर्य विनायकबाट रत्नपार्कतर्फ र बेलुका रत्नपार्कबाट सूर्य विनायकतर्फ प्राथमिकतामा राखेर ‘वानवे’ मोडालिटीमा द्रुत बस सेवा सञ्चालन भएको हो । 

यातायात व्यवस्था विभागका अनुसार बिहानमा सूर्य विनायकबाट रत्नपार्कलाई प्राथमिकतामा राखिएको छ भने बेलुका रत्नपार्कबाट सूर्य विनायकलाई प्राथमिकतामा राखिएको छ । ‘दुवैतर्फ ट्राफिकलाई राखेर म्यानुअल्ली म्यानेज गर्न गाह्रो भएकाले बिहान सूर्य विनायकबाट रत्नपार्कतर्फ जाने र बेलुका रत्नपार्कबाट सूर्य विनायकतर्फ जाने बसलाई प्राथमिकतामा राखिएको हो,’ विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले भने । 

सुरुवातीमा सूर्य विनायक र रत्नपार्कबाट एकै समयमा छुट्दै आएका बस अब एकै समयमा नछुटेर प्राथमिकताका आधारमा छुट्ने छन् । बिहान सूर्य विनायकबाट आएपछि मात्र रत्नपार्कबाट छुट्ने छ भने बेलुका रत्नपार्कबाट गएपछि मात्र सूर्य विनायकतर्फबाट बस छुट्ने छन् । 

द्रुत बस बिहान सूर्य विनायकबाट साढे ८ देखि १०ः१५ बजेसम्म र बेलुका रत्नपार्कबाट साढे ३ देखि ५ः१५ बजेसम्म छुट्ने छन् । अन्य सवारी साधनलाई पनि असर पर्ने देखिएकोले सवारी चापका आधारमा प्राथमिकता दिइएको विभागले जनाएको छ । 

द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ । सडक डिभिजन कार्यालय काठमाडौँ अन्तर्गत १ करोड २४ लाख ७७ हजार रुपैयाँ र सुर्यविनायक–धुलिखेल–सिन्धुली-बर्दिबास सडक आयोजना अन्तर्गत करिब १ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

बिल भुक्तानीका लागि कम्पनीहरू सडक डिभिजन कार्यालयमा धाउन थालेका छन् । यद्यपि, भुक्तानी भइसकेको छैन । फाइल अर्थ मन्त्रालयमै अड्किएका कारण भुक्तानी हुन नसकेको हो । द्रुत बस सेवा सञ्चालन गर्न हतारमा गरिएको निर्णय कार्यान्वयन गर्न अहिले ‘तातो आलु निल्नु न ओकल्नु’ जस्तै भएको छ ।

सम्बन्धित समाचार : द्रुत बस सेवा बन्द, हतारको निर्णयले सबै लठबद्र, लहडमै पोखियो करोडौँ रकम

प्रतिक्रिया दिनुहोस