१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

अ+ अ-

काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ ।

अतिरिक्त स्वास्थ्य सचिव डा. टङ्क बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रूपमा सुरुवात गरे ।

विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरूको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ ।

पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास सङ्घबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रूपमा उपलब्ध हुने भएको छ ।

यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताए ।

यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस