७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

अ+ अ-

पाल्पा । पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सव गरिएको छ । सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका-७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।

मेलाको व्यवस्थापन तथा समन्वय गरिरहेको मैनादी कृषि सहकारी संस्थाका अनुसार प्रभात माविको प्राङ्गणमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, नि:शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।

मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रदर्शन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मानलगायतका कार्यक्रम राखिएको रिब्दीकोट–७, का वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तला उत्पादन हुने क्षेत्र हुन् ।

किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । पाल्पामा उत्पादन भएको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाडौँ, जनकपुरलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

पाल्पामा पछिल्लो समय अन्य खेती छाडेर पनि किसानहरू सुन्तला खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस