८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिइने

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।

नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात् मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्।

‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी हामी लागिरहेका छौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, मन्त्री किराँतीले भने।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए।

‘हामीसँग अहिले जहाज कम छन्, अहिले जम्मा चारवटा मात्रै जहाज रहेकाले पनि केही समस्या भएको छ तर, भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान नगरी हुँदैन,’ उनले भने।

पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने मन्त्री किराँतीले बताए। मन्त्री किराँतीले ४३ अर्ब बढी राज्यको लगानी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर निजी क्षेत्रले ७० अर्ब बढी लगानी गरेको भन्दै त्यसप्रति आफू चिन्तित रहेको बताए। मन्त्री किराँतीले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै सरकारी व्यवस्थापनमा केही समस्या आइहाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि विमान सञ्चालन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस