काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत् खरिदसहित महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
अहिलेसम्म मिति तय भइनसकेको नेपाल-भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत् खरिद-बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो
सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण करिब तय भएको र उनी आउँदा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको जानकारी दिएका हुन् ।
गत १७ देखि २० जेठमा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।
‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका थिए ।
।