२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति

अ+ अ-

काठमाडौँ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन्।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, “गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ।

उनले तत्काल स्वास्थ्य तथा खाद्य सामग्री, खानेपानी, विद्युत्, इन्धनलगायत राहतको प्रवेश बढाउन र अस्पताल तथा आधारभूत सेवा सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरे।

उनले ‘पश्चिमी किनारा, जेरुसेलम र जोर्डन उपत्यकाका इलाकाहरूमा आक्रमण, हत्या, घर भत्काउन र प्यालेस्टिनी बासिन्दाहरूलाई निष्कासन गर्न रोक्न अमेरिकी हस्तक्षेपको लागि आह्वान गरे। उनले भने, “इजरायलद्वारा मौन र योजनाबद्ध रूपमा प्यालेष्टिनी भूमि कब्जा भइरहेको छ।”

फोन वार्तामा अब्बासले प्यालेस्टिनीले संयुक्त राष्ट्रसङ्घमा पूर्ण सदस्यता प्राप्त गरेपछि र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको अधिवेशनबाट सुरु हुने अन्तर्राष्ट्रिय वैधता प्रस्तावका आधारमा दुई राष्ट्रबीचको समाधानको कार्यान्वयनका लागि काम गर्न आफू तयार रहेको पनि बताएका छन्। अक्टोबर ७ देखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ, जसमा १५ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

इजरायली अधिकारीहरूका अनुसार दक्षिणी इजरायलमा हमासले अचानक गरेको आक्रमणको प्रतिशोध स्वरूप यो अभियान सञ्चालन गरिएको हो, जसमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस