६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिन आयोगले राहुल महरालाई बयानका लागि बोलायो

अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका महरा अहिले पुर्पक्षका लागि थुनामा छन् । उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरवारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो । भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।

तर, अदालतमा दायर अभियोग पत्रमा पूर्व सभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।

दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरूको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड), भन्सार कर्मचारीहरूको बयान लगायतलाई आधार मान्दै अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।
उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणका नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ । चिनियाँ नागरिकहरूको भने बयान बाँकी छ ।

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण, भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस