७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ बुँदे प्रतिबद्धतासहित एनसेलले प्राधिकरणलाई पठायो जवाफ

अ+ अ-

काठमाडौँ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मङ्सिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिबद्धतासहितको जवाफ हिजो पठाएको हो ।

शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ । बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरू तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।

पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिई शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस