८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दा लिएर सडक सङ्घर्ष गर्ने तयारीमा राप्रपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दालाई लिएर सडक सङ्घर्ष गर्ने तयारीमा जुटेको छ ।

अबको केही दिनमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक सङ्घर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले मंसिर ७ गतेको आन्दोलन कार्यक्रमलाई पार्टीले सतर्कतापूर्वक हेरेको भन्दै निकट भविष्यमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यक्रमको तयारीमा जुटिरहेको बताएका हुन् ।

उनले भने, ‘ मंसिर ७ गतेको कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सतर्कतापूर्वक हेरिराखेको छ । हामीले कसैलाई जाउ पनि भनेको थिएनौं नजाउ पनि भनेको थिएनौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निकट भविष्यमै जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यक्रम तयार गर्दै छ ।’

उनले राप्रपा छुट्टै राजनीतिक पार्टी भएकोले अस्थिरता र अराजकतामाथि आफ्नो कुनै भविष्य नखोज्ने तर्क गरे । आफूहरूले अरु कसैको आन्दोलनलाई विरोध वा समर्थन गर्न हतार नगर्ने उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो पार्टी राप्रपा एउटा छुट्टै राजनीतिक पार्टी हो । यसले अस्थिरता अराजकतामाथि आफ्नो कुनै भविष्य खोज्दैन । हामीले अरुले गर्ने आन्दोलनलाई विरोध वा समर्थन गर्न त्यस्तो हतार गर्नु पर्ने कुरा छैन ।’

प्रतिक्रिया दिनुहोस