काठमाडौँ । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी, भिषा, रकम समेतका कागजातहरू बरामद भएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । यसरी अवैधरुपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् ।