१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिबाट माथि उठेर विकासमा लागौँ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथि उठेर विकास निर्माणमा लाग्न आह्वान गरेका छन् । उनले उत्पादनमूलक काममा सबै लाग्न सकेमा देशको आर्थिक समृद्धि सम्भव हुने समेत बताएका छन् । राष्ट्रको विकास गर्न अन्य दलका कार्यकर्ता पनि विकासमा लाग्नुपर्ने उनले औँल्याए ।

मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न उनले राज्यका सबै निकायमा पहल गर्ने समेत बताए । समृद्धिको यात्राकै लागि एमालेले बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवा भञ्ज्याङसम्मको समृद्धि यात्रा गरेको उनले प्रस्ट पारे । यात्राकै क्रममा ओलीसहित एमालेका १ सय ५० बढी केन्द्रीय नेताहरू बुधबार बागलुङको बुर्तिबाङ आएका छन् ।

ओलीले कृषिबाटै देशको समृद्धि ल्याउन मध्य पहाडका हरेक उत्पादनको बजारीकरण गर्न आवश्यक भएको बताए । एमालेले आयोजना गरेको समृद्धि यात्राको क्रममा बुधबार ओली बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने हुँदै मध्यपहाडी लोकमार्गको बाटो बुर्तिवाङ आएका हुन् ।

‘जुम्लाको स्याउ बिकेन रे भन्ने हल्ला आजकल हटेको छ,’ उनले भने, ‘अब नबिकेको स्याउ वाइन बनाएर बेच्नुपर्छ ।’ उनले हरेक वस्तुको तत्कालको बजार व्यवस्थापन नभएमा वैकल्पिक बजारमा लैजान सकेमा किसानहरूलाई फाइदा हुने हुने बताए ।

ओलीले ढोरपाटनको समग्र विकासमा पहल गर्ने समेत बताए । उनले ढोरपाटनको कृषि, सडक, पर्यटन र जलविद्युत जस्ता आयोजनामा स्थानीयको मागलाई सम्बोधन हुने काम गर्ने बताए ।

‘प्रतिपक्ष भए पनि सरकारको कामलाई खबरदारी गर्ने र सम्भावित योजनाहरू समावेश गर्ने हो,’ उनले भने, ‘समृद्धिको यात्रा सकिएर काठमाडौं पुगेपछि केही परिणाम देखाएर छाड्छौँ ।’ उनले आम कार्यकर्तालाई राजनीतिमा मात्र नभुल्न आग्रह गरे । ‘अब राजनीतिमा मात्र भुल्ने होइन, उत्पादन र विकासमा लागौँ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस