७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड : मन्त्री डा. वीरेन्द्रप्रसाद महतो

अ+ अ-

युएई । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा नेपाल पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, “ जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ । यसमा आधारित समान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयास खुसीको विषय हो । जलवायुका कार्य सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोत ल्याउनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पपुलर जेन्टल जेन्टलले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तहलाई सबल बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायुमा आधारित समाधानका उपायका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका थिए ।

सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जलवायुको चुनौती समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा कोषका सदस्यसचिव शरद्चन्द्र अधिकारीले कोषले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने तथा सबल बनाउने काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस