९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हानि, नोक्सानी कोषसँग एकीकृत दृष्टिकोण र सहकार्य आवश्यक छ : मन्त्री गुरुङ

अ+ अ-

युएई । शहरी विकास मन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष) मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताएकी छन्।

संयुक्त अरब इमिरेटस् (युएई) को दुबईमा जारी कोप-२८ का क्रममा आज भएको ‘सहरीकरण र जलवायु परिवर्तन’ विषयक मन्त्रिस्तरीय बैठकमा उनले नेपालजस्ता मुलुकले जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्नु परेकाले हानि, नोक्सानी कोषमार्फत सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिएकी हुन् ।

जलवायुजन्य विपद्का कारण नेपालको बस्ती र पूर्वाधारमा असर पारेको चर्चा गर्दै मन्त्री गुरुङले भनिन्, “जलवायुजन्य प्रकोप सामना गर्न हाम्रो तयारी पर्याप्त छैन, जुन संयुक्त राष्ट्र सङ्घका महासचिवले आफ्नो हालैको नेपाल भ्रमणमा प्रष्टरुपमा उल्लेख गरेका थिए ।

उनले हिउँले ढाकिएको हाम्रो हिमालय तीव्र रूपमा पग्लिरहेको र यसले हाम्रो बस्ती तथा पूर्वाधार, सार्वजनिक सेवा, विकासका लाभ र आर्थिक स्थिरतालाई पनि खतरामा पारेको जानकारी गराइन्। मन्त्री गुरुङले नयाँ सङ्घीय संरचनामा नेपाल दिगो विकासका लागि सङ्घीय शासन व्यवस्थालाई सुदृढ गर्न लागिरहेको छ भनिन् ।

उनले थपिन्, “राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन दिगो सहरीकरणका लागि क्लस्टर तथा प्रादेशिक दृष्टिकोणबाट स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्न र विभिन्न तहका सरकारहरूको क्षमता सुदृढ गर्न एकीकृत सहरी विकास योजनाको काम गरिरहेका छौँ ।”

जलवायु सङ्कट ढोकामै आइपुगेको उल्लेख गर्दै मन्त्री गुरुङले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्यको योगदान भए पनि नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताइन् । उनले भनिन्, “हामीले यसका विनाशकारी असरका रुपमा बढ्दो तापक्रमसँगै हाम्रो मुलुकमा पहिरो, बाढी, डुबान र खडेरीको सामना गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस