६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाह र ऊर्जा मन्त्री बस्नेतबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा काठमाडौँमा छलफल भएको बताइएको छ । ४००केभी पश्चिम सेती (बझाङ-बनलेक-दोधारा) लाइन छिनो निर्माण गर्न निर्देशन दिने विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ ।

ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय एक्जिम बैङ्कको ऋण सहयोग निर्माण गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन निर्माण पछि समग्र सुदूरपश्चिम प्रदेश को विकासले गति पाउने अपेक्षा गरिएको छ ।

बिद्युत् विकास विभागद्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

अन्तर्देशीय ४०० केभी लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्ने विषयमा छलफल भएको हो । मन्त्री बस्नेतले छलफलमा उठेका विषयहरूलाई गम्भीर रूपमा लिएको र आवश्यक निर्देशन दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस