१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शौचालय नहुँदा शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

अ+ अ-

मुगु । सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि शौचालय गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ ।

विसं २०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे पाखा, झाडी तथा जङलतिर जानुपर्ने अवस्थामा देशलाई नै खुल्ला दिसामुक्त घोषणा कसरी गरियो भन्ने प्रश्न अनुत्तरित छ ।

सरकार, दातृनिकाय र स्थानीय सरकारको कार्यालय रहेको जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमा अवस्थित दुई वटा विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि दिसापिसाब गर्न झाडीतिर जाने गरेका पाइन्छ ।

छायानाथ रारा नगरपालिका वडा न ५ माथि तुममा रहेको श्री आदर्श आधारभुत विद्यालय र सोही पालिकाको वडा नं १३ रुगा गाउँमा रहेको मालिका आधारभुत विद्यालयमा शौचालय नहुँदा अझै पनि शौच गर्न झाडीतिर जानुपरेको हो ।

सरसफाइ तथा स्वच्छाताका लागि विद्यालयहरूमा लाखौँको शौचालय बनाउने गैर सरकारी संस्था भए पनि छन् ती संस्थाको लगानीबारे प्रश्न उठ्न थालेको छ नाम नछाप्ने सर्तमा एक शिक्षक भन्छन्, “मुगुमा विद्यालय भवन बढीमा रु. ३०-४० लाखका बन्छन् तर ती विद्यालयमा शौचालय भने रु. ६०-६५ लाखमा बनाउने गैर सरकारी संस्था स्थानीय सामान बाहेक सबै आफैँ ल्याउँछन् । ती सामानका मूल्यको बिल विद्यालयले देख्नै पाउदैनन् ।

स्थानीय सरकार र गैर सरकारी संस्थान सबै कमिसनमै आकर्षित हुन्छन् । जुन विद्यालयमा कमिसन आउँछ वा पावरवाला व्यक्ति हुन्छन् उत्तै भौतिक संरचना बनाइन्छन् निरीह र पहुँच नपुग्ने विद्यालयका शिक्षक, विद्यार्थी चुहिने भवनमै बसेर पढ्न-पढाउन र दिसापिसाब लागे झाडी चाहार्न बाध्य हुन्छन् ।

नव आदर्श आधारभूत विद्यालयका शिक्षक विनोदकुमार मल्ल भन्छन्, “विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संस्था, सरकारी निकाय बाँकी छैनन् । शौच गर्न बालबालिका झाडीतिर जाँदा लडेर हातखुट्टा भाँच्चिएका, चिप्लिएर चोटपटक लागेका कयौँ घटना छन् । हामी शिक्षक पनि शौच गर्न तुम गाउँका स्थानीयवासीका शौचालय जान्छौँ ।”
उनी जोड दिन्छन्, “गत वर्ष छायानाथ रारा नगरपालिकाले दुई कोठे विद्यालय भवन बनाइदियो यो वर्ष खानेपानी र शौचालय बनाइदिन्छौँ भनेर नगरप्रमुखले भन्नुभएको छ हेरौँ ।”

उता मालिका आधारभूत विद्यालयमा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउँदा शौचालय लग्यो । त्यसयता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गरे पनि कतै सुनुवाइ भएन । दिसापिसाब लाग्दा झाडी, जङ्गल र गाउँलेका निजी शौचालय जानुबाहेक अर्को विकल्प नभएको त्यहाँका प्राध्यापक चन्द्रबहादुर शाही सुनाउछन् ।

सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्छन् , “दिशापिसाव लागे घर वा झाडीतिर जान्छौँ । झाडीतिर जाँदा डर लाग्ने गरेको र आफू एक चोटी दिशा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको थियो ।

यसैगरी कक्षा ४ मा अध्ययनरत छात्र राजन रावत भन्छन्, “दिसापिसाव गर्न बाहिर जाँदा पढाइ छुट्छ । सर्प र कीराको डर लाग्छ ।” उनी पनि कति पटक दिसापिसाब गर्दा आफूलाइ चोट लागेको सुनाउछन् ।

रुगाको विद्यालयमा एक सय ८५ विद्यार्थी अध्ययनरत छन् । खुल्लारुपमा शौच गर्दा वातावरण प्रदूषित हुनाका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ । समुदायलाई सकारात्मक शिक्षा दिनुपर्ने विद्यालयकै शिक्षकले खुल्ला ठाउँमा शौच गर्नुपर्दा लज्जित हुनुपरेको सम्बद्ध शिक्षकहरु बताउँछन् ।

नगरपालिका मातहतका ४५ विद्यालयमध्ये केही विद्यालयमा नयाँ भवन बनाइए पनि शौचालयको अभावमा वर्षाका बेला शौचका लागि बाहिर जानुपर्ने अवस्था र भएका शौचालय पनि जीर्ण भएकाले चालु आर्थिक वर्षमै त्यस्ता विद्यालयमा छात्रछात्रा मैत्री शौचालय बनाउने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहिले बताए ।

प्रतिक्रिया दिनुहोस