६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिम्रौनगढ झण्डै दुई महिनादेखि ठप्प : नगर सभाको वैधानिकतालाई लिएर आरोप प्रत्यारोप

अ+ अ-

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका लामो समयदेखि ठप्प छ । पालिकामा झण्डै दुई महिनादेखि ताला लागेको छ भने तलब नपाएपछि शिक्षक तथा कर्मचारीहरू आन्दोलित छन् । 

शिक्षकहरूले बिहीवारदेखि पालिकाका सबै विद्यालय बन्द गराएका छन् । समस्या समाधानका लागि केही दिनअघि बसेको बैठकमा नगरपालिका खुलाउने सहमति बनेको थियो । वडा नं. १ का वडाध्यक्ष दिनदयाल मुखियाका अनुसार नगर प्रमुख किशोरी किशोरी साह कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायण प्रसाद यादवलगायत बीच सहमति बनेको हो ।

सहमति अनुसार बिहीवार बिहान नगरप्रमुख र अन्य अधिकारीबीच फेरी वार्ता गर्ने तय भएको थियो । तर, बिहान वार्ता नभएपछि सहमति फेरी भाँडिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले नगर सभा गर्न मिति तोक्ने, हटाइएका कर्मचारीको बहाली प्रक्रिया र विकास निर्माणका क्रममा बाँकी बक्यौता रहेको भुक्तानी रकमको सत्य तथ्य खर्च विवरण सार्वजनिक गर्ने गरी बिहीवार वार्तामा बस्ने सहमति भएको थियो । वार्ताका लागि नगरप्रमुख कलवार नआएपछि समस्या बल्झिएको वडाध्यक्ष मुखियाले बताए ।

यसअघि शिक्षक तथा कर्मचारीहरूले मंसिर २१ गतेदेखि विद्यालय बन्द गर्ने अल्टिमेटम दिएका थिए । सोही अनुसार पालिकाका ३२ वटा विद्यालयमा पठनपाठन बन्द भएको मुखियाले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले समस्या समाधान गरी तलब खुवाउनका लागि १० दिनको समय मागेका थिए । तर, उनीहरूले यसबारे असहमति जनाउँदै यादवलाई तालाचावी बुझाएका थिए । यादवले भने, ‘जनप्रतिनिधिको रोहवरबिना मैले एक्लै माग सम्बोधन गर्न सक्ने अवस्था छैन । यसबारे मेयर साबलाई पनि जानकारी गराएको हुँ ।’

लामो समयदेखि तलब नपाएका कारण मानसिक तनावमा आई अचानक बेहोस भएका एक शिक्षकको निधन भएको थियो । सिन्धुपाल्चोक स्थायी घर भई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कचोर्वामा अध्यापन गराउँदै आएका नरेन्द्र पराजुलीको निधन भएको र उनको परिवारलाई राहत रकम उपलब्ध गराएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए । उनले भने, ‘पराजुलीको परिवारलाई मैले आफ्नै खल्तीबाट ६० हजार दिएको छु ।’

नगर सभाको आधिकारिक कागजात नभएका कारण आफूले तलब खुवाउन सक्ने अवस्था नरहेको निमित्त प्रशासकीय अधिकृत यादवले जानकारी दिए । ‘नगर सभामा गणपूरक संख्या पुगेको छैन । २५ प्रतिशतलाई गणपूरक मान्ने आधार सहितको कागजात मागेको हुँ । उपलब्ध नभएपछि खाता सञ्चालन गर्न र तलब खुवाउन नसकिएको हो,’ उनले भने, ‘भोलि अख्तियार लगायतका निकायले सोध्दा मैले के जवाफ दिने ?’ कार्तिक ३ गते नगर सभा भएको थियो । 

यता, नगरप्रमुख कलवारले तलब खुवाउनका लागि आफूले पहल गरे पनि प्रमुख प्रशासकीय अधिकृतले खाता सञ्चालन नगरेका कारण समस्या आएको बताए । ‘खाता सञ्चालन गर्ने पूर्ण अधिकार प्रशासकीय अधिकृत र लेखापालको हो । र मैले अख्तियारी दिएकै छु,’ उनले भने, ‘खाता सञ्चालन गर्दा फसिने भए किन हाकिम बनेर आएको हो ?’ नगर सभाको वैधानिकता बारे अदालतले हेर्न उनले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जयनारायणको म्याद मंसिर २२ गते (शुक्रबार) सकिँदै छ । एक दिनका लागि जोखिम मोल्न उनी तयार छैनन् ।

पालिकामा नगर सभा नै नगरी नगर सभा भएको भन्दै नगर प्रमुख कलवारले एकलौटी गर्न खोजेको भन्दै केही वडाध्यक्षहरूले विरोध जनाउँदै आएका छन् । ११ वटा वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले त्यसको विरोध गर्दै आएका छन् । यसैगरी वडाध्यक्षहरूले खर्च विवरण सार्वजनिक गर्न माग राख्दै पालिकाको मूल गेटमा धर्ना पनि दिँदै आएका छन् । 

सम्बन्धित समाचार : कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएर मन्त्रालयमा हाकिम खोज्दै सिम्रौनगढका मेयर

प्रतिक्रिया दिनुहोस