काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
दुवै टिमले प्रतियोगितामा यसअघि तीन/तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्। एक अङ्क जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। तीन खेलबाट दुई अङ्क जोडेको झापा तालिकाको आठौँ स्थानमा छ।
वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ। यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।