काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु-१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ। दुबईमा भइरहेको खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमध्ये २० ओभर खेल्दै ५ विकेट गुमाइसकेको छ।
हालसम्मको अवस्थामा नेपालले २६ ओभर खेल सकिँदा ५ विकेटको क्षतिमा ७० रन बनाएको छ। अहिले नेपालका लागि दिपेश कँडेल र उत्तम मगर ब्याटिङ गरिरहेका छन्।
नेपालका ५ विकेटमा देव खनाल, आकाश त्रिपाठी, तिलक भण्डारी, अर्जुन कुमाल र गुलशन झा आउट भइसकेका छन्।