काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको हो।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो।