६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको सरुवा स्थगित

अ+ अ-

काठमाडौँ । सरकारले राजपत्र अनङ्कित प्रथम श्रेणी अर्थात् नायब सुब्बा वा सोसरहका कर्मचारीको सरुवा माघ १५ गते सम्मका लागि स्थगन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी माघ १५ गते सम्मको लागि नायब सुब्बाको सरुवा स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समयको तत्काल अगाडि कामकाज गरिरहेका कर्मचारी सरुवा भई जाँदा लोक सेवा आयोगले माग गर्ने संख्यामा घटबढ हुँदा बढुवा प्रयोजनका लागि मात्र सरुवामा दबाब सिर्जना भई जाने क्रम देखिएको मन्त्रालयले जनाएको छ । त्यसका लागि विभिन्न निकायमा सरुवा सहमतिसमेत माग भई आउने गरेको भन्दै मन्त्रालयले सरुवा रोकेको हो ।

यसरी खुल्ला प्रतिस्पर्धा तथा बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि सरुवा गरी पठाउँदा लामो समयदेखि एकै ठाउँमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवामा मर्का पर्ने भनेर विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको भन्दै राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदको कुनै पनि निकायमा सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य मन्त्रालयले स्थगित गरेको हो ।

मन्त्रालयले निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी कार्य हुँदै आएको छ ।

मन्त्रालयले यस अघि मंसिरको पहिलो दोस्रो सातादेखि आगामी फागुन मसान्तसम्मका लागि राजपत्र अनङ्कित द्वितीय श्रेणी अर्थात् खरिदार वा सोसरहका कर्मचारीको पनि सरुवा स्थगन गरिसकेको छ ।

सम्बन्धित समाचार : राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा स्थगित

प्रतिक्रिया दिनुहोस