८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित छुइनँ : श्रीनिवास

अ+ अ-

काठमाडौँ । धर्मगुरु आचार्य श्रीनिवासले आफू कुनै पार्टी र व्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने व्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ । दीपावलीका दिनसमेत आफ्नो आँखाको सामू गौहत्या भएको बताउँदै उनले दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा त्यस घटनाले आफूलाई आक्रोशित बनाएको उनले बताए । 

आफू धर्म गुरु भएकाले धर्म मासिँदै गरेको हेर्न नसक्ने उनले बताए । आफूलाई कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गरे धर्म गुरु बनेर नबस्नेसमेत उनले बताए । उनले भने, ‘कुनै पार्टीको, कुनै व्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गर्नुहुन्छ भने म आजैबाट धर्मगुरुको यो भेष खोलेर व्यक्तिगत जीवन बाँचेर हिँड्न तयार छु ।’

कतिपयले राष्ट्रिय प्रजातन्त्र पार्टीको र कतिले दुर्गा प्रसाईँको मान्छे भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । धर्मको रक्षाका लागि केवल उनीहरूले गरेको निमन्त्रणालाई स्वीकार गरेको उनको भनाई छ ।

उनले भने, ‘कहिलेकाहीँ राजेन्द्र लिङ्देनजीलाई धर्मको कुरा गरेको भरमा सघाउँदा मलाई कतिपयले राप्रपाको भन्दिन्छन् । कतिपयले दुर्गा प्रसाईँको अभियानमा निमन्त्रणा स्वीकार गर्दा दुर्गा प्रसाईँको मान्छे भन्दिन्छन् । तर, म धर्म, राष्ट्र, राष्ट्रियता, सभ्यता, गौमाताको रक्षा र धर्म परिवर्तन विरुद्धको विषयलाई लिएर अहोरात्र रक्षक भएर काम गर्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस