११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले ऐन, नियमावली, कार्यविधिअनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताए।

मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम गर्नेतर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गरे। “राज्यका सबै अङ्क एक अर्काका पूरक हुन्, आयोग अपराधीका लागि कठोर हो भने असल नियतले काम गर्नेका लागि पवित्र नदी गङ्गा हो”, उनले भने। उनले तोकिएभन्दा कम रकममा टेन्डर सम्झौता गरी काम नगर्नु पनि भ्रष्टाचार भएकाले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पारे।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले सरकारका सबै अङ्ग भ्रष्टाचारविरुद्धमा लाग्नु पर्ने बताए। मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भ्रष्टाचार नियन्त्रणमा सबैले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए। त्यस अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट स्थानीय तह पीडित भएकाले उजुरी उपर अनुसन्धान छिटो टुङ्ग्याउन सुझाव दिए।

आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा बढी स्थानीय तहसम्बन्धी ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिए।

सो अवसरमा प्रदेशका सरकार अन्तर्गतका सबै मन्त्रालयका सचिव, सङ्घीय सरकार कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस